पृष्ठभूमि
तनहुँ जिल्लाको साविकका गा.वि.स.हरु मध्ये छाङ्ग, जामुने र मनपाङ्ग गाविसलाई समायाेजन गरी म्याग्दे गाउँपालिका गठन गरिएको हो । यस गाउँपालिकाको नाम "म्याग्दे" कसरी रहन गयो भन्नेबारे ऐतिहासिक लिखित आधारहरु खासै भेटिएको छैन । जामुनेको दभुङ्गबाट शुरु भएर छाङ्ग र मनपाङ्ग दुई गाविसको सीमारेखा हुँदै शुक्लागण्डकी नगरपालिकाको दोभान पुगेपछि सेती नदीमा समाहित भएको एउटा प्रख्यात खोलाको नाम हो "म्याग्दे" । छाङ्ग, मनपाङ्ग र जामुने तीनै वटा गाविसको एउटा उर्वर भूमि वा फाँटको नाम हो म्याग्दे, यसैकारण यस गाउँपालिकाको नाम "म्याग्दे" गाउँपालिका राखिएको हो भन्ने अनुमान लगाउन सकिन्छ । नेपालको संविधान (२०७२) बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुन: संरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ साल फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णयअनुसार यस तनहुँ जिल्लाको साविकका गा.वि.स.हरु मध्ये छाङ्ग, जामुने र मनपाङ्ग गाविसलाई समायोजन गरी म्याग्दे गाउँपालिका गठन गरिएको हो । समावेश भएका साविकका गाविसहरुलाई विभाजन गरी जम्मा ७ वटा वडा बनाइएका छन् । यस गाउँपालिकाको जम्मा क्षेत्रफल ११५ वर्ग किलोमिटर रहेको छ भने यसको सिमानामा पूर्वमा व्यास नगरपालिका, पश्चिममा भिमाद र शुक्लागण्डकी नगरपालिका, उत्तरमा शुक्लागण्डकी र व्यास नगरपालिका, दक्षिणमा भिमाद नगरपालिका र ऋषिङ्ग गाउँपालिका रहेका छन् । केन्द्रीय तथ्याङ्क विभाग राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाको जम्मा परिवार संख्या ६५०८ र जम्मा जनसंख्या २३५७८ मध्ये पुरुष १०८८२ र महिला १२६९६ रहेका छन् साथै ८२.१६ साक्षरता प्रतिशत रहेको छ।
Read Moreवडाहरु
७घरधुरी
५६००जनसंख्या
२५५२१पुरुष जनसंख्या
१३०३४महिला जनसंख्या
१२४८७अन्य जनसंख्या
क्षेत्रफल (वर्ग किमी)
११५.००- पुरुष २३१८
- महिला २२१५
- जम्मा(पुरुष + महिला) ४५३३
- ( घरधुरी ) ९३५
- पुरुष १९१७
- महिला १८०२
- जम्मा(पुरुष + महिला) ३७१९
- ( घरधुरी ) ८५१
- पुरुष १७०२
- महिला १६४८
- जम्मा(पुरुष + महिला) ३३५०
- ( घरधुरी ) ७०६
- पुरुष १७५९
- महिला १७३८
- जम्मा(पुरुष + महिला) ३४९७
- ( घरधुरी ) ८०५
- पुरुष १६१५
- महिला १५६५
- जम्मा(पुरुष + महिला) ३१८०
- ( घरधुरी ) ६५५
- पुरुष १५०५
- महिला १४७६
- जम्मा(पुरुष + महिला) २९८१
- ( घरधुरी ) ६९५
- पुरुष २२३७
- महिला २०६१
- जम्मा(पुरुष + महिला) ४२९८
- ( घरधुरी ) ९५२

